Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर


काठमाडौं, फागन ९
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौँ महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुुन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभु बैंकले प्रभावकारीरूपमा सञ्चालन गरिरहेको छ । प्रभुको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभुको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुुई सय आठवटा शाखा, एक सय ५७ एटीएम, ४५ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ सेवामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया