Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको वित्तीय साक्षरता सुर्खेतमा

सिद्धार्थ बैंकको वित्तीय साक्षरता सुर्खेतमा


काठमाडौं, फागन ९
सुर्खेतको विरेन्द्रनगरमा सिद्धार्थ बैंकले वित्तीय साक्षरता प्रदान गरेको छ । बैकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दे आएकोमा यही फागुुन पाँच गते सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरूलाई विशेषगरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तैः व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरू सहभागी भएको बैंकले जानकारी दिएको छ । देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरूलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि बैंकले यस किसिमका वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताइएको छ ।बैंकले हाल देशभर एक सय ८० वटा शाखा (तीन वटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया