Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा उदयपुरको विद्यालयलाई सहयोग

सिटिजन्स बैंकद्वारा उदयपुरको विद्यालयलाई सहयोग


काठमाडौं, फागन ९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ६० हजार रूपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

विद्यालयले निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीहरूको खरीद गर्ने कुरा विद्यालय प्रशाशनले जनाएको छ ।

यस किसिमको सहयोगले शैक्षिक सामग्रीको अभावमा पठन–पाठनमा भइरहेको कठिनाइ अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा जानकारी गराएको छ  ।

बैंकले हाल देशैभरि फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यसबीचमा बैंकले बिहीबार नै थप चारवटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले मोरङको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरू सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया