Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्सले ३८ करोडको हकप्रद सेयर जारी गर्ने

एनएलजी इन्स्योरेन्सले ३८ करोडको हकप्रद सेयर जारी गर्ने


काठमाडौं, फागुन ११
एनएलजी इन्स्योरेन्स कम्पनीले ३८ करोड ४२ लाख ३७ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यही फागुन २२ गतेबाट हाल कायम रहेको चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार दुई सय ५० रुपैयाँबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० बराबर छ को अनुपातमा ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडमार्फत यही फागुन २२ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य चैत १२ गतेसम्म जारी रहनेछ । अधिकृत पुँजी एक अर्ब ५० करोड तथा जारी पुँजी एक अर्ब दुई करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार दुई सय ५० रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया