Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तको शाखा र फिल्ड व्यवस्थापन तालिम

इन्फिनिटी लघुवित्तको शाखा र फिल्ड व्यवस्थापन तालिम


काठमाडौं, फागुन ११
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शाखा र फिल्ड व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाले शाखा र फिल्ड व्यवस्थापन गर्न यही फागुन ४ गतेदेखि ५ गतेसम्म दुई दिन शाखा प्रमुखहरु र फिल्ड कर्मचारीहरुलाई शाखा तथा फिल्ड व्यवस्थापनसम्बन्धी तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाको प्रमुख आतिथ्यमा होटल मानसरोवर गैंडाकोटमा सम्पन्न गरेको जानकारी दिएको छ ।

तालिममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले शाखा र फिल्ड व्यवस्थापन कसरी गर्नेसम्बन्धी आफ्नो अनुभव कर्मचारीहरुलाई जानकारी गराएका थिए । त्यसैगरी वित्त विभागले लेखासम्बन्धी, कर्जा विभागले कर्जासम्बन्धी, अनुगमन विभागले अनुगमन सम्बन्धी, आन्तरिक लेखापरीक्षण विभागले आन्तरिक लेखापरीक्षणसम्बन्धी, मानव संसाधन विभागले कर्मचारी नीति सम्बन्धी र सूचना तथा प्रविधि विभागले सूचना प्रविधिसम्बन्धी शाखा प्रबन्धकहरु र फिल्ड कर्मचारीहरुलाई तालिम प्रदान गरेका थिए । तालिममा सदस्य दोहोरोपना, कर्जा सूचना केन्द्रबाट लिनुपर्ने सूचना, नेपाल राष्ट्र बैंकबाट जारी गरिएको कर्जा लगानीसम्बन्धी एकल सीमा, फिल्डमा देखा परेका वर्तमान समस्याहरुबारे छलफल गरिएको थियो ।

शाखा व्यवस्थापन तालिमसँगै दोस्रो त्रैमासिकको समीक्षामा उत्कृष्ट हुने शाखा कार्यालयहरुलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाले हाल २६ जिल्लामा ४९ वटा शाखा कार्यालयमार्फत ३१ हजारभन्दा बढी सदस्यहरूलाई एक अर्ब ८८ करोडभन्दा बढी लघुकर्जा प्रवाह गरेको । सो अवधिमा ६२ करोडभन्दा बढी निक्षेप जम्मा गरी लघुबीमा तथा सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत लामाले दिए ।

संस्थाले विपन्न वर्गको उत्थानको लागि आगामी दिनमा शाखा कार्यालयमार्फत ग्राहकमैत्री प्रबिधि, वित्तीय साक्षरता, स्वास्थ्यशिविरलगायतको नवप्रवर्तनकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको जानकारी समेत गराइएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया