Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेट लाइफद्वारा काभ्रेमा पुनर्निर्माणका लागि सहयोग

मेट लाइफद्वारा काभ्रेमा पुनर्निर्माणका लागि सहयोग


काठमाडौं, फागुन ११
मेट लाइफ नेपालका एक सय ३० जना कर्मचारीहरु २०७५ माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भूकम्प प्रभावित क्षेत्रमा आवास पुनर्निर्माणकार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् ।

स्वयंसेवीको टोलीमा मेट लाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मलकाजी श्रेष्ठसँगै हेड अफ अपरेसन, रामकुमार यादव सामेल रहेका थिए । समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए । मेटलाइफले पुनर्निर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदो गौरव महसुस भएको जनाएको छ । ‘हरेक दिन विश्वका लाखौं ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौं र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो’, कम्पनीले भनेको छ ।

‘स्वयंसेवाको कार्यले हामीलाई स्थानीय समुदायसँग अन्तक्र्रिया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार सँगसँगै काम गर्ने, उनीहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनीहरुको आवश्यकता बुझ्ने मौका पायौँ’, निर्मलकाजी श्रेष्ठले भने । मेट लाइफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटीसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१९ मा मेट लाइफका आठ हजार एक सयभन्दा बढी स्वयंसेवीले एसियाका नौ देशमा २५ हजारभन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया