Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १५ सय चार अंकमा

सेयर बजार परिसूचक १५ सय चार अंकमा


काठमाडौं, फागुन १२
सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ६९ दशमलव ५६ अंकले उकालो लागेर १५ सय चार दशमलव १४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव सात अंकले उकालो लागेर तीन सय १७ दशमलव ५० अंकमा चढेको छ । यसदिन कुुल एक सय ७८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३० हजार चार सय ५६ वटा कारोबारमा ८७ लाख ६९ लाख हजार दुुई सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रूपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये समूहको सूचक उकालो लागेपश्चात् सेयर बजार पूरै हरियो भएको छ ।

यसदिन वाणिज्य बैंक समूहको सूचक ८६ दशमलव एक एक अंकले उकालो लागेर १२ सय ८८ दशमलव ७४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि ८४ दशमलव ५९ अंकले उकालो लागेर १९ सय ६६ दशमलव २२ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ३३ दशमलव ७५ अंकले उकालो लागेर एक हजार ८३ दशमलव ६८ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ४५ दशमलव ८९ अंकले उकालो लागेर २७ सय २५ दशमलव १० अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३९ दशमलव ८५ अंकले उकालो लागेर सात हजार दुुई सय ४८ दशमलव ८३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९२ दशमलव ३६ अंकले उकालो लागेर आठ हजार छ सय ६६ अंकमा चढेकोे छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश ७३ दशमलव ११, ११ दशमलव ७७, २२ दशमलव ५६, ३८ दशमलव ६२, २४ दशमलव ६३ र शून्य दशमलव २८ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको फष्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर छ सय १८ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले बढेर चार सय ५४ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक स्वदेशी लघुुवित्त वित्तीय संस्था, मेगा बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटल समूहको सेयर मूल्य पाँच रूपैयाँ ६८ पैसाले घटेर तीन सय १५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच रूपैयाँ पाँच पैसाले घटेर ९४ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन एनएमबी बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता प्रतिकित्ता चार सय ५४ रूपैयाँ अन्तिम मूल्यमा १२ करोड ५६ लाख २१ हजार सात सय ६६ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ९० रूपैयाँ अन्तिम मूल्यमा ११ करोड ८२ लाख ६४ हजार दुुई सय छ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिखर इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन गुराँस लघुुवित्त वित्तीय संस्थाको ५९ हजार कित्ता र चिलिमे हाइड्रोपावर कम्पनीको ९५ लाख १६ हजार दुुई सय ७१ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया