Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार२१ सय ८६ विन्दुमा खुम्चियो सेयरबजार

२१ सय ८६ विन्दुमा खुम्चियो सेयरबजार

दुई सय १८ वटा कम्पनीहरूको चार अर्बको कारोबार


काठमाडौं । सेयरबजार परिसूचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ७६ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार पुनः छ दशमलव ७२ अंकले ओरालो लागेर २१ सय ८६ दशमलव ७६ विन्दुमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंकले ओरालो लागेर चार सय २० दशमलव ५० विन्दुमा झरेको छ । यसदिन १३ वटा उपसमूहअन्तर्गत दुई सय १८ वटा कम्पनीहरूको सेयर किनबेच भएको छ । जसबाट ५७ हजार चार सय २३ पटकको कारोबारमा ९५ लाख ४२ हजार छ सय सात कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम चार अर्ब दुई करोड ९९ लाख चार हजार दुई सय ५१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहहरूमध्ये चारवटा उपसमूहहरूको सूचक उकालो लागेका छन् भने बाँकी उपसमूहरूको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक नौ दशमलव ९१ अंकले ओरालो लागेर १४ सय २२ दशमलव ४४ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि २३ दशमलव छ अंकले ओरालो लागेर तीन हजार नौ सय ९९ दशमलव छ विन्दुमा झरेको छ । निर्जीवन बीमा उपसमूहको सूचक पनि ८६ दशमलव २९ अंकले ओरालो लागेर आठ हजार पाँच सय ५० दशमलव ४१ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ७३ दशमलव ७२ अंकले ओरालो लागेर १० हजार एक सय ९७ दशमलव ९७ विन्दुमा झरेको छ ।

यीबाहेक होटल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य र लगानी उपसमूहहरूको सूचक पनि क्रमशः १४ दशमलव ८५, एक दशमलव ३५, १३ दशमलव १८, १८ दशमलव २३ र शून्य दशमलव २२ विन्दुले ओरालो लागेका छन् । जलविद्युत् समूहको सूचक भने यसदिन ४२ दशमलव सात अंकले उकालो लागेर २६ सय ५० दशमलव ३४ विन्दुमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि सात दशमलव ४१ अंकले उकालो लागेर चार हजार नौ सय ७९ दशमलव ४५ विन्दुमा चढेको छ । यीबाहेक ट्रेडिङ र सामूहिक लगानी कोष उपसमूहको सूचक पनि क्रमशः ८६ दशमलव ६८ र शून्य दशमलव शूून्य तीन विन्दुले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सामलिङ पावर कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर छ सय १५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय २९ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक युनाइटेड इदीमर्दी हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स आदिको सेयर मूल्य पनि उकालो लागेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको स्टान्र्डड चार्टड बैंकको सेयर मूल्य तीन दशमलव ९२ प्रतिशतले घटेर चार सय ५६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा गरेको गुडविल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ४३ प्रतिशतले घटेर पाँच सय ८९ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक बोटल्र्स नेपाल तराई लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय नौ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ३४ लाख ३० हजार छ सय ७० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपी पावर लिमिटेडको पनि प्रतिकित्ता दुई सय ८८ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा १५ करोड १७ लाख २४ हजार आठ सय २९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, हिमाल दोलखा हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया