Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको सफलता :

प्राइम कमर्सियल बैंकको सफलता :

तीन अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा, अन्य वित्तीय परिसूचक पनि उत्साहप्रद


काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद मुनाफा बढेको छ । बैंकले आर्थिक वर्ष २०७८–०७९ मा तीन अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैकले तीन अर्ब २६ करोड ८४ लाख लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । प्रतिकूल अवस्थामा पनि अन्य वित्तीय परिसूचकहरूलाई सन्तोषजनकरूपमा राखेर खुद मुनाफा बढाउन सफल हुनु बैंकको निकै ठूलो सफलता देखिएको छ ।

हाल चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ६० अर्ब २० करोड ३३ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब १६ करोड ६९ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ३९ करोड सात लाख ४७ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब ३९ करोड सात लाख ४७ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ९४ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव नौ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया