काठमाडौं । प्रभु बैंक र गैरआवासीय नेपाली संघ (एनआरएन) बीच विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि एनआरएनसँग सम्झौता भएको हो । सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका हुन् ।
बैंकले ‘मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौँ’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जानकारी दिएको छ । बैंकका अनुसार खाता अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर एक हजार वा सोबराबरको उपयुक्त परिवर्त्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ ।
खातामा नेपाल राष्ट्र बैंकको नीतिको अधीनमा रही विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । खातामा नगद रकम जम्मा गर्न नपाइने बैंकले जानकारी दिएको छ । यसरी जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमा नै फिर्ता लैजानु परेमा जम्मा गरेकै मुद्रामा सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाउन पाइनेछ । तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ । प्रमुख कार्यकारी अधिकृत शेरचनले गैरआवासीय नेपाली र विदेशमा काम गरिरहेका नेपालीलाई बैंकले सबै सेवा दिने प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया