Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजार परिसुचक २१ सय ४८ बिन्दुमा

सेयरबजार परिसुचक २१ सय ४८ बिन्दुमा


काठमाडौं । सेयरबजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव ७२ अंकले ओरालो लागेको सेयरबजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार पुन ३८ दशमलव ६१ अंकले ओरालो लागेर २१ सय ४८ दशमलव १६ बिन्दुमा झरेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २५ अंकले ओरालो लागेर चार सय १२ दशमलव २५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १५ वटा कम्पनीहरुको सेयर किनबेच भएको छ ।

जसबाट ५६ हजार आठ सय १९ पटकको कारोबारमा ८५ लाख ६९ हजार पाँच कित्ता सेयर खरिद बिक्री भएको छ । सोही अनुसार आज कुल सेयर कारोबार रकम तीन अर्ब ७६ करोड ८० लाख ७९ हजार एक सय ७३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै समुहहरुको सुचक ओरालो लागेर सेयरबजार पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया