Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता


काठमाडौं, फागुन १२
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।

सम्झौतापश्चात् सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आबद्ध भएका रोजगारदाताहरूले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरूले आफ्नोतर्फबाट योगदान गर्ने रकम २० प्रतिशतसमेत गरी जम्मा ३१ प्रतिशत रकममध्ये विभिन्न योजनाअन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वको बारेमा प्रकाश पारे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधिसहितको बैंकिङ सेवा दिने बताए । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू विनयरमण पौडेल, सरोज बस्नेत, सामाजिक सुरक्षा कोषका उप निर्देशक रोहित रेग्मीलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया