३४ अंकले ओर्लियो सेयर बजार
सामुहिक लगानी कोष बाहेक सबैको सुचक रातै
काठमाडौ । सेयरबजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन आज शुत्रबार बजार परिसुचक ३४ दशमलव ८५ अंकले ओरालो लागेर २१ सय १३ दशमलव ३० बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९१ अंकले ओरालो लागेर चार सय छ दशमलव ३४ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४० हजार चार सय २४ पटकको कारोबारमा ६४ लाख १६ हजार छ सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुसार आज कुल कारोबार रकम दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार नौं सय ४८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया