Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजीवन बीमक संघद्वारा दुईवटा संस्थालाई सहयोग

जीवन बीमक संघद्वारा दुईवटा संस्थालाई सहयोग


काठमाडौं  । जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार दुई संस्था काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक संघ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितिमा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो । समता एडुकेसन ट्रस्ट संस्थाले देशभरि ५० हजारभन्दा बढी आर्थिकरूपले कमजोर विद्यार्थीहरूलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ ।

त्यसैगरी काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ । जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरूलाई सहयोग गर्न पाउनु खुशीको कुरा हो र संस्थागत समजिक उत्तरदायित्वअन्तर्गत सबै कम्पनीहरूले यस्ता कार्य गर्नुपर्ने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया