Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुन दुई हजार ६२ बिन्दुमा खुम्चियो सेयर बजार

पुन दुई हजार ६२ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं।सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १७ दशमलव ६८ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ४३ दशमलव ३५ अंकले ओरालो लागेर दुई हजार ६२ दशमलव ८० बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६८ अंकले ओरालो लागेर तीन सय ९७ दशमलव ४३ बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २२ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । सो अनुसार ४६ हजार दुई सय ८९ पटकको कारोबारमा ६६ लाख ४६ हजार ३६ कित्ता खरिद बिक्री भएका छन् ।

सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार पाँच सय ९८ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया