Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक

डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक


काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवाासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थस्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टाछुट्टै दिनमा क्यूआर कोड हस्तान्तरण गरेको थियो । पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद सुवेदी तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संस्थापक सञ्चालक स्व. सूर्य बहादुर केसीको श्रीमती प्रेमकुमारी केसी तथा बैंकका सञ्चालक बन्दना कार्र्र्कीको पनि उपस्थिति रहेको थियो ।

साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्तरूपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका थिए । यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया