Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार ३७ बिन्दुमा खुम्चियो सेयर बजार

दुई हजार ३७ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौ । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन पाँच दशमलव ९७ अंंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार पुन १८ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव आठ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३६ हजार दुई सय ६४ पटकको कारोबारमा ६२ लाख ९८ हजार छ सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७६ करोड १० लाख ३२ हजार ३९ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले उकालो लागेर बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया