Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबीले भित्र्यायो दुई करोड ५० लाख अमेरिकी डलर

एनएमबीले भित्र्यायो दुई करोड ५० लाख अमेरिकी डलर


काठमाडौं । एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा दुई करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबी बैंकले तीन अर्ब १७ करोड ५० लाख रूपैयाँबराबरको विदेशी मुद्रा भित्र्याएको हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ऋणपत्र सम्झौतामा हस्ताक्षर भएको हो । यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्ने बताइएको छ ।

एनएमबी बैंकले चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गरिसकेको छ । यसअघि एनएमबीले दुई पटक गरी पाँच अर्ब रूपैयाँबराबरको विदेशी मुद्रामा कर्जा लगानी भित्र्याइसकेको छ । प्राप्त कर्जासँगै बैंकले हाल तरलता (लगानीयोग्य रकम) को समस्याबाट केही हदसम्म सहजता मिल्ने बताएको छ । यस्तो कर्जा मुलुकको आर्थिक समृद्धिका लागि साना घरेलु तथा मझौला उद्योगको क्षेत्रमा प्रवाह गरिने बैंकले जनाएको छ ।

कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउन यो कर्जाले महत्वपूर्ण योगदान दिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया