Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिथिला लघुवित्तको खुद मुनाफा पाँच करोड ७६ लाख

मिथिला लघुवित्तको खुद मुनाफा पाँच करोड ७६ लाख


काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा पाँच करोड ७६ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड ६१ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १७ करोड चार लाख ३७ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ७० करोड २५ लाख ७८ हजार रुपैयाँ खुद निक्षेप संकलन गरी दुई अर्ब १७ करोड ४१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड नौ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमका भने संस्थाले ४९ करोड ६६ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६९ करोड दुई लाख चार हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया