Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न


काठमाडौं । ‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ, लुम्बिनीस्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ । आव २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मिहिनेतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामीमाथि आएकोले आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पु-याउन हामी सबैले अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।

कर्मचारीहरूकोे व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले केएफए बिजनेस स्कुलका फाउन्डर तथा एक्जुकेटिभ चेयरमेन रेस्टा झा, सोही संस्थाका सीईओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरूलाई सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

आव २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया