Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल माइक्रोफाइनान्सको नाफा ४० करोड १५ लाख

नेसनल माइक्रोफाइनान्सको नाफा ४० करोड १५ लाख


काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा ४० करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थालको यस्तो मुनाफा ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा तीन अर्र्ब १२ करोड ७८ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७२ करोड ९६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८० करोड तीन लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्र्रोभिजन रकम एक करोड ६८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दु्ई दशमलव ४५ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५९ करोड ११ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २६ करोड १२ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६२ करोड ७० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड २५ लाख ५९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९४ प्रतिशत रहेको । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया