Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तले कमायो दुई करोड ४० लाख

मानुषी लघुवित्तले कमायो दुई करोड ४० लाख


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा दुई करोड ४० लाख ३६ हजार रुपैयाँ खुद मुनफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक करोड १९ लाख चार हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ७७ करोड ६७ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५५ करोड ५४ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ४१ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड ७४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव २० प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ६४ करोड ७७ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब एक करोड ५९ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९१ लाख २३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात पाँच दशमलव ८१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया