Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तद्वारा कर्जा गुणस्तर नियन्त्रणसम्बन्धी तालिम प्रदान

मिर्मिरे लघुवित्तद्वारा कर्जा गुणस्तर नियन्त्रणसम्बन्धी तालिम प्रदान


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । संस्थाले मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखाप्रमुख तथा फिल्ड कर्मचारीहरूलाई यही श्रावण २३ र २४ गते एक चरण २४ र २५ गते एक चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य सञ्चालनसम्बन्धी तालिम दिएको हो ।

बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरले रौतहटस्थित होटल तराई इनमा सम्पन्न उक्त चरणबद्ध आवासीय तालिम कार्यक्रम संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मधेश प्रदेशका प्रादेशिक प्रमुख रामकिशोर चौधरीले सञ्चलन गरेको उक्त तालिम कार्यक्रममा कर्जा गुणस्तर नियन्त्रण सम्बन्धमा वित्तीय संस्थाका कर्जा तथा असुली विभाग प्रमुखले मुख्यरूपमा सहजीकरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गानको साथमा पानसमा दिप प्रज्वलन गरी प्रमुख अतिथि बोहराले गरेका भने स्वागत मन्तव्य प्रादेशिक उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्रीको रहेको थियो । कलैया शाखाका शाखा प्रमुख बम बहादुर चौधरीले कार्यसञ्चालन सम्बन्धमा सहजीकरण गरेका थिए ।

लघुवित्त क्षेत्रमा हुनसक्ने कर्जा जोखिमसँगै कार्य सञ्चालनमा प्रभावकारिताको व्यवस्थापन गर्न कर्मचारीहरूलाई समय–समयमा थप ज्ञान र सीपको विकास प्रवर्द्धन गर्नु आवश्यक भएकाले वित्तीय संस्थाले कर्मचारीलक्षित तालिम कार्यक्रम आयोजना गरिएको सहायक कार्यकारी प्रमुख बोहराले बताए ।

कार्यक्रममा संस्थाको मधेश प्रदेशका २५ वटा शाखाका अतिरिक्त बागमती प्रदेशका सिन्धुलीस्थित शाखाका कर्मचारीहरू एवं सहजकर्ता समेत गरी लगभग एक सय जनाको संख्यामा कर्मचारीहरू उपस्थित थिए । वित्तीय संस्थामा करिब सात सय ५० कर्मचारी कार्यरत छन् भने एक सय ४८ शाखा सञ्जालमार्फत वित्तीय संस्थाले करिब एक लाख ३५ हजार सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ ।

वित्तीय संस्थाले यसअघि स्वेडा लघुवित्त र नागबेली लघुवित्तलाई प्राप्ति गरिसकेको छ भने हाल बुद्ध ज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको संस्थाले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया