Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुने वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्पन्न भएको हो ।

यो सम्मेलन विशेषगरी कम्पनीको आगामी एक वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखाप्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरूबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो ।

Open photo

रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका एक सय २४ वटा शाखा र केन्द्रीय कार्यालयबाट चितवनमा जम्मा प्रतिनिधिहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले स्वागत गर्दै कम्पनीको लागि उच्च व्यावसायिक विचार र लक्ष्य बोकेर एकै उद्देश्यका लागि हामी यहाँ एकै ठाउँमा भेला भई आगामी वर्षको योजनामा गहन छलफल र सुझाव कम्पनीको आगामी व्यायसायिक रणनीतिको लागि एक कोषेढुंगा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यावसायिक रणनीति र विगत वर्षको व्यावसायिक समीक्षा गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको सो वार्षिक राष्ट्रिय सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रीय कार्यालय साथै विभिन्न व्यावसायिक उपलब्धिको आधारमा समेत सम्मान गरिएको थियो र सो कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरूलाई व्यावसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो । कम्पनीले हाल एक सय २४ वटा शाखा विस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य कार्य गर्दै देशभर जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया