Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा

बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा

सातामा १२ अर्ब चार करोड २० लाख ९८ हजार रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ६७ विन्दुमा सीमित भएको छ ।

यस साता धितोपत्र बजारमा दुई सय २३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख सात हजार चार सय ७३ पटकको कारोबारमा तीन करोड दुई लाख १९ हजार चार सय ५३ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १२ अर्ब चार करोड २० लाख ९८ हजार नौ सय ७७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ३९ हजार नौ सय ७६ पटकको कारोबारमा पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २३ अर्ब ४२ लाख ६३ हजार एक सय छ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ दिन सेयरबजार परिसूचक ओरालो लागेको थियो । छैटौँ कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले उकालो लागेर चार सय नौ दशमलव ५५ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक १७ दशमलव ६८ अंकले ओरालो लागेर दुई हजार एक सय छ दशमलव १५ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४४ अंकले ओरालो लागेर चार सय छ दशमलव ११ विन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन भने बजार परिसूचक ४३ दशमलव ३५ अंकले ओरालो लागेर दुई हजार ६२ दशमलव ८० विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६८ अंकले ओरालो लागेर तीन सय ९७ दशमलव ४३ विन्दुमा झरेको थियो ।

चौथो कारोबार दिन पनि बजार परिसूचक पाँच दशमलव ९१ अंकले ओरालो लागेर दुई हजार ५६ दशमलव ८८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ विन्दुले ओरालो लागेर तीन सय ९५ दशमलव ७५ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव आठ विन्दुले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया