Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार १० अंकमा खुम्चियो सेयर बजार

दुई हजार १० अंकमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं बजार परिसुचक २७ दशमलव ९२ अंकले ओरालो लागेर दुई हजार १० दशमलव एक बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ८६ दशमलव ९० बिन्दुमा झरेको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट ३८ हजार चार सय १८ पटकको कारोबारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैंयाँ पुगेको छ ।

आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया