Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १५ सय दुुई अंकमा

सेयर बजार परिसूचक १५ सय दुुई अंकमा


काठमाडौं, फागुन १३
अघिल्लो दिन ६९ अंकले उकालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार भने एक दशमलव ९६ अंकले ओरालो लागेर १५ सय दुुई दशमलव १८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन शून्य दशमलव ४९ अंकले उकालो लागेर तीन सय १८ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३१ हजार दुुई सय ९० वटा कारोबारमा ८३ लाख ४८ हजार दुई सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार दुुई सय ७८ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएको छ । जसमध्ये तीनवटा समूहको सूचक तीनवटा समूहको सूचक उकालो लागेको छ भने नौवटा समूहको सूचक ओरालो लागेको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक चार दशमलव ७६ अंकले उकालो लागेर १२ सय ९३ दशमलव ५० अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि २३ दशमलव ३९ अंकले उकालो लागेर २९ सय ६५ दशमलव ४९ अंकमा चढेको छ ।

यसैगरी अन्य समूहको सूचक पनि नौ दशमलव चार अंकले उकालो लागेर सात सय ५३ दशमलव ४२ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक भने यसदिन १६ दशमलव ३२ अंकले ओरालो लागेर १९ सय ४९ दशमलव ९० अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि ११ दशमलव ५८ अंकले ओरालो लागेर एक हजार ७२ दशमलव १० अंकमा झरेकोे छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय २० दशमलव ८८ अंकले ओरालो लागेर सात हजार २७ दशमलव ९५ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि चार दशमलव ७३ अंकले ओरालो लागेर आठ हजार छ सय ६१ दशमलव २६ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, लघुुवित्त, सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १५ दशमलव ४२, २२ दशमलव ६५, दुुई दशमलव ३९, ३२ दशमलव तीन र शून्य दशमलव शून्य चार अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको कालिका माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० रूपैयाँले बढेर ११ सय २२ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मञ्जुुश्री फाइनान्सको सेयर मूल्य नौ रूपैयाँ ५७ पैसाले बढेर दुुई सय २९ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक युनियन हाइड्रोपावर कम्पनी, आरएसडीसी लघुुवित्त वित्तीय संस्था आदि पनि बढी कमाउने कम्पनीहरूको सूचीमा परेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको गुुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य सात रूपैयाँ ५३ पैसाले घटेर एक सय ३५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सात रूपैयाँ १५ पैसाले घटेर सात सय एक रूपैयाँमा किनबेच भएको छ । यीबाहेक प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा एनएमबी बैंक पहिलो स्थानमा परेको छ । उक्त बैंकको प्रतिकित्ता चार सय ७४ रूपैयाँ अन्तिम मूल्यमा २० करोड ४३ लाख ३४ हजार ७३ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता छ सय ७७ रूपैयाँ अन्तिम मूल्यमा १३ करोड पाँच लाख दुुई हजार सात सय १३ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिखर इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन हिमाल दोलखा हाइड्रोपावर कम्पनीको एक करोड ६० लाख कित्ता साधारण सेयर नियमित कारोबारको लागि सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया