Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाडूको बीओके सहज बचत खाता

बैंक अफ काठमाडूको बीओके सहज बचत खाता


काठमाडौं, फागुन १३
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नोे २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरूको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके सहज बचत खाता सार्वजनिक गरेको छ । ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगातस्वरूप बैंकले उक्त खाता सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

विगत २५ वर्षदेखि सफलतालाई सहज बनाउँदै भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त योजनामा ग्राहकहरूले मात्र २५ रूपैयाँमा नै खाता खोल्न सक्नेछन् । यसरी खोलिएको बचत खातामा उच्चतम ब्याजदरको व्यवस्थासहित थुप्रै निःशुल्क सुविधाहरू रहेका छन् ।

खातामा वार्षिक छ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात २५ रूपैयाँ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुविधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ ब्यवस्था साथै, अन्य ग्राहकमुखी विशेषताहरूसहित सञ्चालनमा ल्याएको उक्त खाताले ग्राहकहरूको जीवन अझ सहज बनाउने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म ८७ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया