Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमईद्वारा निक्षेप बीमाबापतको चेक हस्तान्तरण

ग्लोबल आईएमईद्वारा निक्षेप बीमाबापतको चेक हस्तान्तरण


काठमाडौं, फागुन १३
ग्लोबल आईएमई बैंकले निक्षेप बीमाबापतको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजुु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बीमितले पाउने रकम पाँच लाख निजको परिवारलाई हस्तान्तरण गरेको हो ।

बैंकका नायब महाप्रबन्धक सुरेन्दराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई बीमाबापतको रकम हस्तान्तरण गरेका हुुन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले दुुई सय ७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, दुुई सय ५६ एटीएम तथा दुुई सय ४९ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १९ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया