Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता

हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता


काठमाडौं । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरूका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी एक लाखसम्मको औषधि उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ खाता ल्याएको हो ।

वार्षिक आठ दशमलव शून्य तीन प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, तीन लाखको छ घातक रोगहरूको बीमा, २५ हजारको अवधिक जीवन बीमा र पाँँच हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेजजस्ता थप सुविधाको व्यवस्था गरेको छ । यसबाट ग्राहकहरूलाई औषधि उपचार खर्च गरी बीमाबापत शोधभर्ना लिनुपर्ने झन्झटबाट छुटकारा मिल्ने भएको छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलिसी नं उपलब्ध गराएर औषधि उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ ।

साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फस्र्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा आदिमा विशेष छुट प्रदान गरेको छ । बैंकको देशका सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय र एक सय २० वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया