Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा

सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव ३६ बिन्दुले ओरालो लागेको बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार भने २७ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार ६८ दशमलव २६ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४१ अंकले उकालो लागेर चार सय दशमलव आठ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ४१ हजार पाँच सय ७१ पटकको कारोबारमका ५१ लाख एक हजार दुई सय ९० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया