Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’

कामना सेवा विकास बैंकको ‘मर्चेन्ट बोनस योजना’


काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना फोन–पे क्यूआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेन्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोन–पे क्यूआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको यही भदौ एक गतेदेखि सुरु गरेको हो ।

क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरूलाई कामना सेवाको उपहार’ योजनाअन्तर्गत क्यूआर मर्चेन्टहरूले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनसबापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट एयरलाई टेवा पु-याउने बिस्वास लिएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया