Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकको अफरै अफरले भरिएको भाद्र

सनराइज बैंकको अफरै अफरले भरिएको भाद्र


काठमाडौं । महिलाहरूको महान चाड हरिताण्लिका तीज रहेको भाद्र महिना, महिलाहरूको लागि विशेष महिना मानिन्छ । महिलाहरूलाई प्राथमिकता दिँदै आएको सनराइज बैंकले महिलाहरूका लागि यस महिना विशेष योजना ल्याएको छ । तीजको लागि महिलाहरूको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भाद्र १ गतेदेखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरूलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा पाँच सय रुपैयाँ नबढ्ने गरी क्यासब्याक दिने व्यवस्था गरेको छ ।

साथै भाद्र महिनाभरि सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरूले पहिलो वर्षको लागि फ्रि डेबिट कार्ड, फ्रि मोबाइल बैंकिङ, फ्रि डिम्याट, फ्रि मेरो सेयर, फ्रि क्रेडिट कार्ड शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

सनराइज बैंकले सनराइज नारी बचत खातामा १० हजार रुपैयाँसम्मको प्रसुति खर्च र पाँच लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ । साथै स्वास्थ्य योजनाअन्तर्गत एक लाखसम्मको स्वास्थ्य बीमा समेत दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया