Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक

एनएमबी म्युचुअल फन्डअन्तर्गतको म्युचुअल फन्ड योजनाहरूको विवरण सार्वजनिक


काठमाडौं । एनएमबी म्युचुअल फन्डअन्तर्गत एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी हाइब्रिड फन्ड एल–१, एनएमबी फिफ्टी र एनएमबी सरल बचत फन्ड–इले आर्थिक वर्ष २०७८–०७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ । एनएमबी हाइब्रिड फन्ड एल–१ को २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आर्थिक वर्ष २०७८–०७९ को लागि २१ दशमलव शून्य ५२ प्रतिशत नगद लाभांश घोषणा गरी यही साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबी फिफ्टीको २०७९ असारमा प्रतिइकाइ खुद सम्पत्तिमूल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फन्डको प्रतिइकाइ खुद सम्पत्तिमूल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । एनएमबी म्युचुअल फन्डअन्तर्गतको चौथो म्युचुअल फन्ड योजना ‘एनएमबी सरल बचत फन्ड–इ’ रहेको छ । विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस योजनाको २०७९ असारमा खुद सम्पत्ति मूल्य नौ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथै एनएमबी क्यापिटल लिमिटेडको पाँचौँ म्युचुअल फन्ड योजना एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ २०७९ साउन २६ गतेदेखि निष्काशन भइरहेको छ । सो योजनाको म्युचुअल फन्ड इकाइमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

एनएमबीका ग्राहकले अब बुद्घ एयर र यती एयरमा क्यास ब्याक पाउने
आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबी बैंकले अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ । एनएमबीका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेपाली रूपैंयाँ क्रमशः तीन सय ५० र पाँच सय क्यास ब्याक सुविधा पाउने भएका छन् । क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा इ–कमर्स सक्रिय गर्नुपर्नेछ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहने बैंकले जानकारी दिएको छ ।

Open photo

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३८ वटा एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया