Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण


काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पु-याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्यूआर हस्तान्तरण गरेको हो ।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीेले क्यूआर हस्तान्तरण गरेका हुन् ।

उक्त क्यूआर हस्तान्तरणपछि ग्राहकले नेपाल नाई संघमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएबापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया