प्रभु क्यापिटलको ‘पीएमएस प्रभु ऐश्वर्या योजना’मा नारीहरूलाई छुट
काठमाडौं,प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गतको प्रोडक्टहरूमध्ये ‘प्रभु ऐश्वर्या योजना’मा पीएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवाशुल्क नलाग्ने अफर ल्याएको छ ।‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छुटको बहार’ भन्ने नारासाथ सुरु हुने यो अफर यही भाद्र १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्ध हुने दिदीबहिनीहरूले एक वर्षका लागि वार्षिक सेवा शुल्क (एएमसी)मा एक सय प्रतिशत नै छुट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनामा यसअघि क्यापिटलले दुई प्रतिशत वार्षिक सेवाशुल्कमा दिदीबहिनीहरूलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई एक प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
यो योजना महिलाहरूलाई केन्द्रित गरी ‘महिलाहरूलाई आर्थिकरूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक वर्षअघि तीजकै अवसर पारी सञ्चालनमा ल्याइएको हो जसमा महिला ग्राहकहरूले न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्छन् ।
क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका सेवाग्राहीहरूले अन्य पीएमएसका योजनामा जस्तै यसमा दैनिकरूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्नसक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसैगरी ग्राहकहरूले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया