Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको ऋणपत्र सूचीकरण

सानिमा बैंकको ऋणपत्र सूचीकरण


काठमाडौं । सानिमा बैंकको ऋणपत्र नियमित कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण भएको छ । बैंकका अनुसार मंगलबार वार्षिक १० दशमलव २५ प्र्रतिशत ब्याजदर कायम रहेको १० वर्षे अवधिकाको सानिमा डिवेञ्चर २०८९ सूचीकरण भएको हो ।

यसअन्तर्गत एकदेखि ५० लाखसम्मको अंकित तथा चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम भएको कुल पाँच लाख कित्ता ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणसमक्ष आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुला बिक्री आह्वान गरेको थियो ।

यसरी सर्वसाधारणमा वितरण गरिएको ५० लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम यही भदौ छ गतेको निर्णयअनुसार नेप्सेमा सूचीकरण गरिएको हो । कम्पनीका अनुसार सूचीकरण भएको ऋणपत्रको दोस्रो बजार कारोबार सूचीकरण भएको मितिले दोस्रो दिनबाट खुला हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया