सनराइज बैंकका थप चार शाखारहित बैंकिङ सेवा
काठमाडौं ।सनराइज बैंकले थप चार स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ९२औँ र ९३औँ शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका इटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका दुधिअवामा सञ्चालनमा ल्याइएको हो ।
यसैगरी बैंकले ९४औँ शाखारहित बैंकिङ सेवा सिराहा जिल्लाको लहान नगरपालिका शोभापुरमा सञ्चालनमा ल्याएकोे छ भने ९५औँ शाखारहित बैंकिङ सेवा झापा जिल्लाको झापा गाउँपालिका, शरणामतीमा सञ्चालनमा ल्याइएको हो ।
शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने बैंकले जानकारी दिएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ पहुँच बढाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकको भनाइ छ ।
बैंकले हाल एक सय ३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र एक सय ५९ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया