नेपाल बैंकबाट आईपीओ भर्दा सी–आस्वा शुल्क नलाग्ने
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट आईपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पूरै छुट पाउने भएका छन् ।
बैंकका अनुसार अबदेखि सम्पूर्ण ग्राहकहरूले नेपाल बैंकबाट निःशुल्करूपमा आईपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
बैंकले देशभर दुई सय १९ वटा शाखाहरू, एक सय ८६ वटा एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको जानकारी दिएको छ । बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ ।
विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको दाबी पनि बैंकले गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया