Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारछिमेक लघुवित्तको नाफा एक अर्ब

छिमेक लघुवित्तको नाफा एक अर्ब


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब तीन करोड २२ लाख ८३ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवमा भने संस्थाको यस्तो नाफा एक अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा २७ अर्ब एक करोड ९४ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड ७७ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ४९ करोड पाँच लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले २२ अर्ब ४३ करोड ९३ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ८८ करोड ६५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब २२ करोड ९७ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया