Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजाररिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा

रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा


काठमाडौं । रिलायन्स लाइफ इन्सोरेन्सले एजेन्सी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार यही भाद्र ८ र ९ गते बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन– रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’, सफलतापूर्वक सम्पन्न गरिएको हो । उक्त सम्मेलनको प्रमुख अतिथिको रूपमा सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलको उपस्थित रहेको थियो ।

त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु, क्षेत्रीय सहायक प्रबन्धकहरू, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पूर्ण सदस्यहरू उपस्थित रहेका थिए ।

Open photo

कार्यक्रममा प्रेरक प्रशिक्षक बीपी रेग्मीले आफ्नो भनाइ र उद्धरणहरू प्रस्तुत गरेर त्यहाँ उपस्थित सम्पूर्ण रिलायन्स साथीलगायत अन्य महानुभावहरूको ध्यानाकर्षण गरेका थिए । हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यावसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया