Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती योजना’

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती योजना’


काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सार्वजनिक गरेको छ । बैंकले निक्षेपकर्तालाई राम्रो ब्याजदर प्रदान गर्नेे र २२ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम पाँच लाख मौज्दात राखेर मुद्दती खाता खोल्ने ग्राहकले आफ्नो लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकले एक वर्षदेखि दुई वर्षसम्मको मुद्दती खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्दती खाता खोल्ने हो त्यती नै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बताइएको छ । यो योजनाबाट ग्राहकलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्डको प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी पनि दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया