Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार सुरु

मिर्मिरे र बुद्धज्योति लघुवित्तको एकीकृत कारोबार सुरु


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सञ्चालन गरेका छन् । बनेपाको पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले भैरहवाको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योतिलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।

यसअघि पनि मिर्मिरे लघुवित्तले धुनिबेशी वडा नं. ६ धार्के , धादिङ मा केन्द्रीय कार्यालय रहेको एक करोड ३८ लाख चुक्ता पुँजी भएको स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (२०७७ असार २१ गते) प्राप्ति गरेको थियो । त्यसको लगत्तै झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको २३ करोड ७२ लाख चुक्ता पुँजी भएको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (२०७७ भाद्र७ गते) प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बुद्धज्योतिलाई प्राप्ति गरी एकीकृत कारोबारपश्चात् वित्तीय संस्थाको अधिकृतपुँजी ६० करोड, चुक्ता पुँजी ५३ करोड १२ लाख पाँच हजार तीन सय ८८ रुपैयाँ पुगेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा २० प्रतिशत बोनस सेयर दिएको थियो भने गत आव २०७८–०७९ को चौथो त्रैमासको अन्तसम्ममा २० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

वित्तीय संस्थाको देशभर एक सय ४८ वा शाखा सञ्चालनमा रहेकोमा बुद्ध ज्योति लघुवित्तलाई प्राप्ति गरेपछि कुल शाखासंख्या एक सय ५०, करिब एक लाख ४० हजारको संख्यामा सेवाग्राहीहरूलाई समेटेको मिर्मिरे लघुवित्तले आफ्नो स्थापनाको १२ वर्ष आगामी आश्विन ७ गते पूरा गर्ने तयारी गरेको छ । वित्तीय संस्थाका सञ्चालन समिति अध्यक्ष टेक बहादुर बोहराले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत ट्वीट गर्दै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोमा सबैलाई हार्दिक बधाई तथा शुभकामना’ व्यक्त गरेका छन् । वित्तीय संस्थाका बोर्ड अफ डाइरेक्टर एवं मर्जर एक्विजिसन समिति संयोजक सन्तोष फुयालले बुधबार संस्थाको केन्द्रीय कार्यालय बनेपास्थित सभाहलमा एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले संवादका क्रममा वित्तीय संस्थालाई यस सुखद घडीसम्म डोहो¥याउन मदत गर्नेे दुवै वित्तीय संस्थाका लगानीकर्ता, कर्मचारी एवं नियमनकारी निकायलगायत सरोकारवाला सम्पूर्णमा धन्यवादज्ञापन गर्दै मिर्मिरे लघुवित्तले आगामी दिनमा सेवाग्राहीवर्ग, लगानीकर्ता एवं आबद्ध कर्मचारीको उज्ज्वल भविष्य निर्माणमा लघुवित्तको मर्म र भावनाअनुरूप आफ्नो कार्यसञ्चालन निरन्तर रहने बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया