बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । नेपाल प्रहरीअन्तर्गतको दुईवटा निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईवटा फरक–फरक मुद्दाका दुई जना फरक–फरक व्यक्तिलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।
जसअन्तर्गत बुधबार सीआईबीले फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने धुव्रेन्द्र बहादुर श्रेष्ठलाई बुधबार पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा छ दिन कैद र १८ लाख १४ हजार पाँच सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । श्रेष्ठले एभरेष्ट बैंक लिमिटेड कलंकी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा सीआईबीले जानकारी दिएको छ ।
यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पनि भक्तपुरको सूर्यविनायक वडा नं ६ घर भएका ६१ वर्षीय सिताराम शाहीलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ असार छ गतेको फैसलाले १६ लाख १९ हजार रुपैयाँ जरिवाना चार दिन कैद तोकिएका भक्तपुर नगरपालिका वडा नं ९ घर भई हाल सोही नगरपालिका वडा ६ बस्ने ६१ वर्षीय शाहीलाई पक्राउ गरिएको हो । बुधबार काठमाडौंको बिजुलीबजार क्षेत्रबाट पक्राउ शाहीलाई सोही दिन काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया