स्वामी रामदेव र आचार्य बालकृष्णद्वारा एभरेष्ट बैंक र पतञ्जली नेपालको को. ब्रान्डेड क्रेडिट सुरु
काठमाडौं । एभरेष्ट बैंक लि. र पतन्जली आयुर्वेद प्रालि, नेपालले को. ब्रान्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तीजको अवसरमा नयाँ दिल्ली, भारतमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्तरूपमा सो कार्डको सुरुवात गरेका हुन् । यस कार्डबाट उपभोक्तले चाडपर्वको अवसरमा पतञ्जलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बीमाका साथै अन्य थुप्रै सुविधा पाउनेछन् भने सुरुवाती तीन महिनाको लागि इसुयेन्स फीमा ५० प्रतिशत छुट हुनेछ ।
सो कार्यक्रममा पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले, उक्त कार्डबाट पतञ्जलीले आफ्ना ग्राहकलाई निकै फाइदा पुग्नुका साथै एभरेष्ट बैंकले पनि एभरेष्ट हिमालझै उनीहरूका आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे । साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बीमा र अन्य सुविधाले गर्दा आफ्ना ग्राहकहरूलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । यस कार्डबाट बैंक र पतञ्जलीका ग्राहकको खरिद अनुभव नौलो तथा स्मरणयोग्य हुनुका साथै सरल तथा सहज हुनेछ ।
स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म १२ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय १८ वटा शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ५३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया