Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकुमारी बैंकलाई ‘एक्सीलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड

कुमारी बैंकलाई ‘एक्सीलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड


काठमाडौं । कुमारी बैंकले ‘एक्सीलेन्स इन ई–कमर्स बिजनेस २०२२’ प्राप्त गर्न सफल भएको छ । यही भदौ १५ गते भिसा इन्टरनेसनलद्वारा लिर्डर कन्क्लेभ पेमेन्ट इनोभसशन फर डिजिटल नेपाल सम्मेलनको आयोजना भएको थियो । सो आयोजित लिर्डस कन्क्लेभ सम्मेलनमा भिसा इन्टरनेसनद्वारा कुमारी बैंक लिमिटेडलाई एक्सीलेन्स इन ई–कमर्स बिजनेस २०२२ अवार्डले सम्मानित गरिएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा–सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया