Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमहिला लघुवित्तको नाफा १५ करोड ९९ हजार

महिला लघुवित्तको नाफा १५ करोड ९९ हजार


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १५ करोड ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौं करोड २९ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक अर्ब ३४ करोड १९ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ८७ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ करोड ३५ लाख ४८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९१ प्रतिशत रहेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया