सीबीआईएल क्यापिटलले ल्यायो उच्चतम प्रतिफलका लागि पीएमएफ योजना
काठमाडौं । सीबीआईएल क्यापिटल प्रालिले उच्चतम प्रतिफलको लागि लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ योजना सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड (पीएमएफ) सुरु गरेको छ । कम्पनीका अनुसार सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड (पीएमएफ) एउटा पृथक एवं नवीनतम् अवधारणमा आधारित योजना हो, यसले ग्राहकहरूलाई भिन्न किसिमको लगानीको अनुभव प्रदान गर्दै कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ ।
यस योजनाकाअन्तर्गत न्यूनतम लगानी तीन लाख रुपैयाँ वा उक्त रकमबराबरको सेयर लगानी गर्न सकिनेछ । न्यूनतम अवधि दुई वर्ष तोकिएको योजनाको वार्षिक सेवाशुल्क शून्य दशमलव ५० प्रतिशत तोकिएको छ ।
यो सेवा लिनको लागि ग्राहकहरूले सीबीआईएल क्यापिटल लि., बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेसनल लि. को डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न ससकिने कम्पनीले जनाएको छ । साथै, यस योजनासम्बन्धी थप जानकारीको लागि मोबाइल नंः ९८१८९७०९२२ वा इमेलमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया