Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल क्रेडिट एन्ड कमर्स बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’


काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको आयोजना तथा सन इन्फोटेक लि.को संयोजकत्वमा यही भदौ १७ गते शुक्रबार ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको थिए । यसैगरी उनले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइरहेको निक्षेप, कर्जालगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारे । प्रस्तुतिको क्रममा उनले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, ब्याजदर, लगानीकर्तालाई प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए ।

यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पूर्वप्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले स्रोत व्यक्तिको रूपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ कारोबारको प्रयोग बढाउनुपर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए । उनले व्यवसाय गर्न समुचितरूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्तमा सहभागीहरूले उठाएका जिज्ञासाहरूसँग सम्बन्धित अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो ।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको समुपस्थिति रहेको रहेको थियो । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा, १५ वटा एक्स्टेन्सन काउन्टर र एक सय ३७ वटा एटीएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरूमा पनि सक्रियरूपमा सहभागी हुँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया