बजार परिसूचक एक हजार नौ सय ७० दशमलव ६२ विन्दुमा
काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार नौ सय ७० दशमलव ६२ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव २० विन्दुमा सीमित भएको छ ।यस साता धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ६२ हजार नौ सय ३६ पटकको कारोबारमा दुई करोड १२ लाख ४५ हजार सात सय ७८ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब ५५ करोड ४३ लाख ५८ हजार नौ सय २४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ९६ हजार एक सय ७३ पटकको कारोबारमा दुई करोड ६१ लाख दुई हजार चार सय ४७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ६४ करोड ५३ लाख ९७ हजार सात सय ५५ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्यदिन नै खुला रहेको थियो । जसमध्ये दोस्रो र तेस्रो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, चौथौ, पाँचौँ र छैटौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो ।
जसमध्ये पहिलो कारोबार दिन बजार परिसूचक ३३ दशमलव ३६ अंकले ओरालो लागेर एक हजार नौ सय ८९ दशमलव २६ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव पाँच अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ७० विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक तीन दशमलव ७६ अंकले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव दुई विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८७ दशमलव ४६ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ३३ अंकले उकालो लागेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ९५ विन्दुमा चढेको थियो ।
चौथो कारोवार दिन भने बजार परिसूचक २१ दशमलव ९७ अंकले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ विन्दुले ओरालो लागेर तीन सय ८४ दशमलव ५९ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक एक दशमलव आठ अंकले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६६ विन्दुले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ विन्दुमा झरेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक एक दशमलव ६७ अंकले ओरालो लागेर एक हजार नौ सय ७० दशमलव ६२ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव २० विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया